अर्घाखाँचीमा आज बुधवार ३० जनाले कोरोना जिते, ५ जना मात्र संक्रमित थपिए (सम्पूर्ण विवरण सहित)


अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा पछिल्लो २४ घण्टामा थप  ५  जना कोरोना संक्रमित थपिएका छन् ।
जिल्लामा आजसम्म सक्रिय कोरोना संक्रमितको संख्या २२० जना पुगेको छ । जसमा सन्धिखर्क नगरपालिकामा ७३ जना, भूमिकास्थान नगरपालिकामा ३६,       शितगंगा नगरपालिकामा १७,         मालारानी गाउँपालिकामा ३३,           पाणिनी गाउँपालिकामा ३२       र छत्रदेव गाउँपालिकामा २९  जना संक्रमित रहेका छन् । 
जिल्लामा गत वर्षदेखि आजसम्म संक्रमितको संख्या २४९५  जना पुगेको छ । जसमा सन्धिखर्क नगरपालिकामा १०५३  जना, भूमिकास्थान नगरपालिकामा ४६८,   शितगंगा नगरपालिकामा ३१४,      मालारानी गाउँपालिकामा २३६,       पाणिनी गाउँपालिकामा १८५     र छत्रदेव गाउँपालिकामा २३९  जना संक्रमित रहेका छन् ।   
गएको २४ घण्टामा जिल्लामा ३० जनाले कोरोना जितेका छन् । जिल्लामा गत वर्षदेखि आजसम्म  २२१०  जनाले कोरोना जितेका छन् ।  जसमा सन्धिखर्क नगरपालिकामा ९६२ जना, भूमिकास्थान नगरपालिकामा ४१७,        शितगंगा नगरपालिकामा २८६,     मालारानी गाउँपालिकामा १९३,           पाणिनी गाउँपालिकामा १४५   र छत्रदेव गाउँपालिकामा २०७ जनाले कोरोनालाई जितेका हुन् ।
यस्तै जिल्ला प्रशासन कार्यालयका अनुसार काेराेना संक्रमणका कारण जिल्लामा गतवर्षदेखि हालसम्म ६५ जनाको ज्यान गएको छ । जसमा सन्धिखर्क नगरपालिकामा १८ जना, भूमिकास्थान नगरपालिकामा १५,    शितगंगा नगरपालिकामा १ जना आत्महत्या सहित ११,    मालारानी गाउँपालिकामा १०,     पाणिनी गाउँपालिकामा ८   र छत्रदेव गाउँपालिकामा ३ जना संक्रमित रहेका छन् ।  
बुधवारको कोरोना विवरण यस्तो छ: