अर्घाखाँचीडट्कम संवाददाता
चाक्ला, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका नगरपालिका वार्ड नम्बर ४ ठाडाको चाक्लाबाट प्रहरीले जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका ९ जना जुवाडे विरुद्ध थप अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले ७ दिनको म्याद थप गरेको छ ।
ठाडाको चाक्लाबाट प्रहरीले निषेधाज्ञाको मौका छोपेर जुवा खेलिरहेको अवस्थामा बुधवार पक्राउ परेका ९ जना जुवाडे विरुद्ध थप अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले ७ दिनको म्याद थप गरेको हो ।
ठाडाको चाक्लाबाट ठाडा प्रहरीले निषेधाज्ञाको मौका जोपेर जुवा खेलिरहेको अवस्थामा ७५ हजार नगद सहित ९ जना जुवाडेलाई बुधवार पक्राउ गरेको थियो ।
ईलाका प्रहरी ठाडाका प्रहरी निरिक्षक सन्दिप बेल्बासेले डट्कमलाई बताए अनुसार सबै जुवाडे सितापुर र ठाडाका रहेका छन् ।
पक्राउ परेकाको साथबाट २ वटा जुवाको कौडा पनि बरामद भएको छ । प्रहरीले थप अनुसन्धानपछि मुद्दा चलाऊने बताएको छ।