डिआरजी सुमन
दुर्गाफाँट, अर्घाखाँची वुधवार, ०९ असार २०७७ (अर्घाखाँचीडट्कम) । देशभर स्थानीय निकायले दिगो विकासमा जोडदिदै आवधिक योजना तर्जुमागर्नेक्रम जारी भईरहेको अवस्थामा अर्घाखाँची जिल्लाको ऐतिहासिक पर्यटकीय महत्व वोकेको स्थानीय निकायको रुपमा स्थापित पाणिनी गाँउपालिकाले पनि आवधिक योजना तर्जुमा सम्बन्धि दुईदिने कार्यशाला गोष्ठी दुर्गाफाँटमा सम्पन्नगरेको छ ।
पाणिनी गाँउपालिकाको पन्चवर्षिय/आवधिक योजना निर्माणार्थ स्थानीयनिकायका जनप्रतिनिधी, पाणिनि स्थित प्रमुख राजनीतिक दलका नेता, विभिन्नविद्यालयका शिक्षक,पत्रकार,पाणिनि गाँउ पालिका को विभिन्न शाखा प्रमुख कोउपस्थितिमा दुईदिने कार्यशाला गोष्ठी पाणिनि गाँउ पालिका को सभा हलदुर्गाफाँटमा सम्पन्न भएको छ ।
पाणिनी गाँउ पालिकाले दिगो विकासमा जोडदिदै पन्चवर्षिय/आवधिक योजनातर्जुमा सम्बन्धि दुईदिने कार्यशाला गोष्ठी पाणिनि गाँउ पालिकाको आयोजना रस्कलर नेपाल प्रालीको सहजीकरणमा सम्पन्न भएको छ । पाणिनि गाँउपालिका को दिगो विकासको लागी सरोकारवालाको समस्या र सुझाव संकलनकै आधार रही आवधिक योजना तर्जुमा गर्नकै लागी आयोजना गरिएको दुईदिनेकार्यशाला गोष्ठी पाणिनि गाँउ पालिकाको आवधिक योजनाको वारेमासरोकारवालासँग निकै गहन छलफल गरी समस्या र सुझाव सहितको तथ्यांकसंकलन गरिएको छ ।
पाणिनी गाँउ पालिका को आठैवडामै पुगी स्थानीयहरुसँग छलफल गरीआवश्यक विवरण संकलन सहित गाँउ पालिका को विभिन्न शाखावाट पनितथ्यांक संकलन गरिसकेको सहजीकरण गर्ने संस्था स्कलर नेपाल प्रालि लेपन्चवर्षिय /आवधिक योजना तर्जुमाको लागी थप सहजताको आधार प्राप्तगरेको छ ।
अत्याधुनिक गुणस्तरिय शिक्षा, पर्यटन प्रवर्द्धन, कृषिमा आधुनिकीकरण, खानेपानि, स्वास्थ्य र रोज़गार लगायतका योजनालाई प्राथमिकता राख्दै पाणिनि गाँउ पाणिनीको आवधिक योजना तर्जुमा भएकाछन ।
प्रदेश सरकारको कार्यक्रम आवधिक योजना तर्जुमा कार्यशाला गोष्ठीकोसहजताकर्ता संस्था स्कलर नेपाल प्रालि का सुसासन तथा योजना विज्ञ डा. केशव आचार्य, तारा थापा,दिपक ज्ञावली, महेन्द्र खनाल,नवराज कार्की, ईन्जीनीयर सुदीप कुमार झा, जितेन्द्र शाहले सहजीकरण गर्नु भएको थियो ।
पाणिनी गाँउपालिका अध्यक्ष अच्युत गौतमको अध्यक्षता पाणिनी गाँउपालिकाका इन्जीनियर मोहराज पौडेलको संचालन डा. केशव आचार्यको सहजीकरण, पाणिनि गाँउपालिका योजना इकाई प्रमुख सोभाखर भूसाल, प्रशासन साखाप्रमुख इन्दिरा भूसाल,इन्जीनियर मोहराज पौडेल , स्वास्थ्य शाखा प्रमुखशेषकान्त घिमिरे,कृषि शाखा प्रमुख मेधराज,आर्थिक शाखा प्रमुख वाल कृष्णआचार्य,शिक्षा शाखा प्रमुख तेज वहादुर खनाल लगायतको उपस्थितिमाकार्यशाला गोष्ठी सम्पन्न भएको छ । – तस्वीर डिआरजी सुमन/अर्घाखाँची ।