अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाका ६ स्थानिय तहमा रहेका विपन्न वर्ग तथा मन्दिर लगायत सांस्कृतिक महत्वका सम्पदाहरुमा नेपाल विधुत प्राधिकरण अर्घाखाँचीले निशुल्क मिटर जडान गरिदिने भएको छ ।
जिल्लाका सन्धिखर्क नगरपालिका, भूमिकास्थान नगरपालिका, शितगंगा नगरपालिका, मालारानी गाउँपालिका, पाणिनी गाउँपालिका, र छत्रदेव गाउँपालिकामा रहेका विपन्न वर्ग तथा मन्दिर लगायत सांस्कृतिक महत्वका सम्पदाहरुमा अर्घाखाँची प्राधिकरणले निशुल्क मिटर जडान गरिदिने भएको हो ।
नेपाल विधुत प्राधिकरण अर्घाखाँची वितरण केन्द्रका प्रमुख किरण खनालले हिजो असार ९ गते बुधवार जिल्लाका ६ स्थानिय तहलाई पत्र लेख्दै सो क्षेत्रमा पर्ने ग्राहकहरुलाई सम्बन्धित पालिकाको सिफारिस पत्र सहित यही असार १५ गतेसम्म संपर्क गर्न समेत अनुरोध गरेका छन् ।
निरन्तर परेको वर्षा, हुरीको कारण तथा कुनै कारणवश मर्मत गर्नु परेमा बाहेक जिल्लाभर अर्घाखाँची केन्द्रले विद्युत् आपूर्ति नियमित गर्दै आएको छ ।
प्राधिकरणका कर्मचारीहरु कोरोनाको जोखिम हुँदा हुँदै पनि दिनरात खटिएका छन् । त्यो माथि प्राधिकरणले लाईन अबरुद्द हुँदा, मर्मत गर्नु परेमा आफ्नो सामाजिक सन्जाल फेसबूकबाट नियमित उप्डेट, पुर्व सुचना जारी गर्दै आएको छ ।
साथै पछिल्लो समय दिदै आएको सेवाप्रति जिल्लाबासीहरुले विधुत प्राधिकरण अर्घाखाँची केन्द्रको सराहना गरेको देखिन्छ ।