अर्घाखाँचीमा परम्परागत रुपमा प्रयोग हुने सामग्रीहरूको प्रयोग कम हुन थाले


अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा परम्परागत रुपमा प्रयोग हुने सामग्रीहरूको प्रयोग कम हुन थालेको छ ।
जिल्लाभर कृषि क्षेत्रमा आधुनिक प्रविधिमैत्री सामग्री भित्रिएसँगै ढिकी, जाँतो, डोको, नाङ्गलो  (सुपो), कोल, हलो, जुवा, आरान, चर्खा, ठेकाठेकी, लिस्नो, मदुस लगायतका परम्परागत सामग्रीहरुको प्रयोग र बिक्री कम हुन थालेको हो ।
यस्तै जिल्लाका सन्धिखर्क नगरपालिका, भूमिकास्थान नगरपालिका,      शितगंगा नगरपालिका,        मालारानी गाउँपालिका,          पाणिनी गाउँपालिका,      र छत्रदेव गाउँपालिकामा लामो सयमदेखि  विभिन्न सामग्रीहरूको व्यवसाय गर्दै आएका व्यापारीहरूले पनि पछिल्लो समय आरान, ठेकाठेकी, मदुस,  डोको, जाँतोहरु, नाङ्गलो  (सुपो) बिक्री हुन छाडेको गुनासो गरेका छन् । गत वर्ष भन्दा यस वर्ष नाङ्गलो  (सुपो), आरान, ठेकाठेकी, डोको कम बिक्री भएकाले स्थानीय सीप र मेहनतसमेत त्यसै खेर जान थालेको छ ।
साथै पछिल्लो समय कृषिमा भएको आधुनिकीकरणसँगै यसको माग घट्दै जाँदा व्यवसायीहरु मर्कामा परेका छन् । उनीहरुले आफूहरुले बनाएका सामग्रीको बजारीकरण र सीपलाई संरक्षण गर्न सम्बन्धित निकायसँग माग गरेका छन् ।