सुनसरी । सप्तकोसीमा पानीको बहाव प्रतिसकेण्ड एकलाख ५० हजार क्युसेक नाघेपछि खतरा मानिन्छ । पानीको बहाव उच्च हँुदा सुनसरीको महेन्द्रनगर, प्रकासपुर, हरिपुर, मधुवन, श्रीलंका टापुका बासिन्दा त्रसित हुने गरेका छन् । सप्तकोसी आसपासका क्षेत्रमा असार, साउन र भदौ महिना खतरा मान्निछ । भारतले सप्तकोसी ब्यारेजका सबै ढोका नखोलेका कारण सप्तकोसी आसपासका क्षेत्रका बासिन्दा वर्षेनी त्रासमा वस्नु परेको स्थानीयको गुनासो छ । सप्तकोसीका बासिन्दालाई सुरक्षित बनाउन सप्तकोसीको नियमित तटबन्ध निर्माण र कोसी व्यारेजका सबै ढोका खुल्ला गर्न स्थानियले माग गरेका छन् ।
संझाैताअनुसार नेपाल र भारत मर्मत गर्ने काम दुबै पक्षले गरिरहेकाे भएपनि नेपालले भने अलि ध्यान दिएर यसकाे मर्मत र संरक्षण गर्ने काम गरे तटबन्धन बलियाे हुने र तबन्धन बलियाे भए स्थानीयले राहत महसुस गर्ने रविन घिमिरेले बताउनुभयाे । २०२२ सालमा सप्तकोसीमा ब्यारेज बनेसंगै सुनसरी, उदयपुर र सप्तरीका करिव १० हजार सर्बसाधारणले घरखेत गुमाउनु परेको थियो । सप्तकोसीबाट विस्थापित भएकाहरु अहिले सुकुम्वासी भएर कष्टकर जिवन विताई रहेका छन् । कोसीले घरखेत बगाए पश्चात विस्थापित हुदा समेत हाल सम्म क्षतिपुर्ति नपाएको सप्तकोसी पीडितहरुको दुखेसो छ । जमिन सबै लग्याे , लम्बरी जग्गा लग्याे भारतले त्यही जग्गामा काम गरिरहेकाे छ सप्तकोसी पीडित पदमबहादुर सापकोटाले भन्नुभयाे नेपाल सरकारले अहिलेसम्म हेरेकाे छैन् ।
लगातारको बर्षातका कारण सप्तकोसीमा पानीको बहाव बढेसंगै यस क्षेत्रका वासिन्दाको सुरक्षाको लागि सशस्त्र प्रहरीले तालिम प्राप्त गोताखोर सहितको उद्धार टोली तयारी अवस्थमा राखेको छ । सप्तकोसीको चतरा, हरिपुर र कोसी ब्यारेजमा तालिम प्राप्त सशस्त्र प्रहरी तयारी अवस्थामा राखिएको सशस्त्र प्रहरी बल ४ नम्बर गण सुनसरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक माधव प्रसाद पौडेलले जानकारी दिनुभयो ।
भारत सरकारको नियन्त्रणमा रहेको कोसी ब्यारेजमा आफु अनुकुल मात्र ब्यारेजका ढोका खोल्ने गरेका कारण नेपालीहरु त्रसित हुनु परेको स्थानियको गुनासो छ । सप्तकोसीमा आएको बाढिका कारण क्षति हुन नदिन त्यसक्षेत्रमा उद्धार सामाग्री सहित नेपाल, प्रहरी सशस्त्र प्रहरी र नेपाली सेना तयारी अबस्थामा राखिएको छ । स्थानिय प्रशासनले सप्तकोसीको स्थलगत निरीक्षण गरी यस क्षेत्रका वासिन्दालाई समेत सचेत गराई सकिएको सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेश ढकालले जानकारी दिनुभयो । सप्तकोसीमा ब्यारेजका सबै ढोका नखोल्ने हो भने अझै पनि सप्तकोसी आसपासका वासिन्दा ढुक्कले बस्न सक्ने अवस्था छैन ।