केशब राज ज्ञवाली
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकाले हिजो असार ९ गते नगर सभाबाट पारित आर्थिक बर्ष २०७८/७९ को नीति तथा कार्यक्रम पत्रकार सम्मेलन गरि सार्बजनिक गरेको छ ।
कोभिड महामारिका बिच नगरसभाको दिनमा सबैलाइ बोलाउन असम्भब हुनुका साथै सन्धिखर्क नगरपालिकाको अर्को दिन सार्बजनिक गर्ने परम्परा अनुरुप आज १० गते सार्बजनिक गरिएको नगरपालिकाले जनाएको छ ।
नगरपालिकाले ९८ कराेड ५० लाख रुपैयाँ विभिन्न शिर्षकमा विनियोजन गरेको सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्यालले जानकारी दिए ।
सन्धिखर्क नगरपालिकाले पारित गरेका नीति तथा कार्यक्रमहरुमा कृषि , स्वास्थ शिक्षा , पर्यटन पुर्वाधार , जस्ता योजनाहरु समेटिएको छ ।
स्वास्थ तर्फ कोभिड खोप खरिदको लागि बजेट बिनियोजन गर्दै स्वास्थकर्मी तथा नागरिकलाइ पहिलेका दिनमा दिई आएका सुबिधाहरु निरन्तर गर्ने जनाइएको छ ।
नगराप्रमुखद्वारा प्रस्तुत नीति तथा कार्यक्रममा नगर प्रमुख खुत्रुके बचत योजना , उपप्रमुख संचार प्रबर्द्धन योजना , डिजिटल कारोबार ब्यबस्था जस्ता महत्वाकांक्षी योजनाहरु समाबेश गरिएको छ ।
हिजो बुधवार नगर प्रमुख कमल प्रसाद भुसालले नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । नगर उप प्रमुख ठाकुर कुमार विकले बजेट प्रस्तुत गरेका थिए ।