रुद्रमणी भुसाल
छत्रदेव अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको छत्रदेब गाउँपालिले आर्थिक बर्ष २०७८/ ७९ को लागि रु ६७ करोड ५१ लाख ७७ हजार बराबरको बजेट प्रस्तुत गरेको छ ।
बजेटमा स्वास्थयमा १ करोड ७९ लाख ,शिक्षामा ८८ लाख ,खानेपानीमा १ करोड ६९ लाख ,कृषि र पशुपालनमा ९२ लाख ,संस्कृति र प्रर्यटन प्रवर्द्धन तर्फ १ करोड ८४ लाख बजेट बिनियोजन गरेको छ ।
छत्रदेब गाउँपालिकाले बलकोट अस्पताल र, स्वास्थ्यचौकी , सामुदायिक स्वास्थ इकाईका सेवा प्रवाहलाई गुणस्तरिय बनाउने , खानेपानी आपूर्तिमा सञ्चालन हुने लिफ्टिङ खानेपानी आयोजना महँगो पर्ने भएपछि ३३ प्रतिशत विद्युत् महसुल पालिकाले तिरिदिने , ’एक घर एक धारा’ अभियानलाई निरन्तरता दिँदै खानेपानीलाई प्राथमिकतामा राखेको छ ।
बाँदर, बँदेललाई नियन्त्रण गर्ने उद्देश्यले जङ्गलमा फलफूल खेती गर्ने र सामुदायिक वनमा बहुमूल्य जडीबुटी लगाउने जस्ता कार्यक्रम पनि बजेटमा उल्लेख गरिएको छत्रदेबका गाउँपालिका अध्यक्ष लेखनाथ पोखरेलले जानकारी दिनु भयो ।