पाणिनी गाउँपालिकाद्धारा ११औ गाउँ सभा तथा आर्थिक वर्ष २०७८-७९ को नीति-कार्यक्रम प्रस्तुत (फोटो सहित)


डिआरजी सुमन 
दुर्गाफाँट, अर्घाखाँची (अर्घाखाँचीडट्कम)  । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिकाको ११ औ गाउँ सभामा आर्थिक वर्ष २०७८-७९को  नीति तथा कार्यक्रम प्रस्तुत भएको छ । 
पाणिनी गाउँपालिकाकको ११ औ गाउँ सभा तथा आर्थिक वर्ष २०७८-७९ को नीति तथाकार्यक्रम आज बिहीवार प्रस्तुत भएको हो । आर्थिक वर्ष २०७८-७९ को  नीति तथा कार्यक्रम गाउँपालिका अध्यक्ष अच्युतले सार्वजनिक गर्नुभएको थियो । 
गाँउपालिकाको प्रस्तुत नीति तथा कार्यक्रममा शिक्षा स्वास्थ्य कृषि क्षेत्र सहित दलित र कुमाल वालवालिको शैक्षिक वीमाकार्यक्रम लाई प्राथमिकतामा राख्दै पाणिनि गाँउ पालिका अध्यक्ष अच्युत गौतमले निती तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियो । 
पाणिनी गाँउ पालिका को उपाध्यक्ष लक्ष्मी गौतम द्वारा ६३ करोड़ अनुमानित वजेट प्रस्तुत भएको छ । निती तथा कार्यक्रममा पाणिनि गाँउपालिका को संचार क्षेत्रमा महत्वपूर्ण योगदान पुर्याएकोमा स्वतन्त्र पत्रकार डिआरजी सुमन,पत्रकार घनेश्याम पौडेल,पत्रकार माधववेल्वासे लाई दोसल्ला ओढाएर,करुवा सहित दश-दश हज़ार ले सम्मान गरिएको छ । यस्तै पाणिनि गाँउ पालिका कर्मचारि तर्फसम्मानित हुनेहरुमा ईन्जिनीयर मोहराज पौडेल,आर्थिक शाखा प्रमुख वाल कृष्ण आचार्य,आन्तरिक लेखा परिक्षक राम चन्दचुदाली,योजना ईकाई प्रमुख सोभाखर भुसाल सम्मान गरिएको छ । 
पाणिनी गाँउ पालिकामा सवैभन्दा पहिला योजना संझौता गर्ने घाट-तल्लार खानेपानी योजना पाणिनि गाँउ पालिका वडा नं ५ उपभोक्तासमिति अध्यक्ष कृष्ण प्रसाद घिमिरे , सवैभन्दा पहिला भूक्तानि लिने आफ्रा प्रहरी चौक वाटो सोलिंग उपभोक्ता समितिका अध्यक्षवावुराम गौतम, यस्तै वडा तर्फको सवैभन्दा धेरै राजस्व संकलन गर्ने वडा नं ३ का अध्यक्ष देवी वहादुर क्षेत्री र वडा सचिव गोविंद विक, योजना तर्क सवैभन्दा वढी वित्तीय प्रगति गर्ने वडा नं २ अध्यक्ष नेत्र प्रसाद भट्टाराई ,यस्तै सचिव तर्फवाट कार्यसम्पादन तथा मेहनतकोआधारमा कमल प्रसाद न्यौपाने र गोविंद विक, शिक्षक तर्फ लामों समय अत्यधिक अनुशासित तवरले मेहनतपुर्वक अध्यापन गराईरहनु भएका प्रथक शिक्षक शिक्षा ठाकुर गौतम लाई पाणिनि गाँउ पालिका अध्यक्ष अच्युत गौतम,उपाध्यक्ष लक्ष्मी गौतम द्वारा सम्मिलित गरिएको छ । 
पाणिनी गाँउपालिका प्रमुख प्रशासकीय अधिकृत नेत्र प्रसाद घिमिरेले पाणिनि गाँउ पालिका को सेवा प्रभावमा महत्वपूर्ण योगदान पुर्याएको प्रतिजनप्रतिनिधी ले खुलेर प्रसंसा पनि गरेका छन् । 
पाणिनी गाउँपालिकाको ११ औ गाउँ सभा तथा आर्थिक वर्ष २०७८-७९ को  नीति तथा कार्यक्रममा अर्घाखाँचीडट्कमका व्युरो प्रमुख डिआरजी सुमन सम्मानित हुनुभएको छ । 


पाणिनी गाउँपालिकाले अर्घाखाँचीडट्कमका व्युरो प्रमुख डिआरजी सुमनलाई १० हज़ार नगद सहित दोसल्ला तथा करुवाले सम्मानित गरेको हो । 


पत्रकारिता क्षेत्रमा सक्रिय र ठुलो योगदान पुर्‍याएको भन्दै डट्कमका व्युरो प्रमुखलाई सम्मानित गरिएको थियो ।  यस्तै अन्य २ जना पत्रकारलाई पनि उक्त कार्यक्रममा सम्मानित गरिएको थियो । 


जिल्लाको एक मात्र प्रमुख, पुरानो मिडिया अर्घाखाँचीडट्कमले लगभग २ दशकदेखि जिल्लाका स्थानिय समाचारलाई निरन्तरता दिदै आएको छ । भने जिल्लाबाट स्थानिय समाचारको एक मात्र प्रमुख स्रोत डट्कम हो । 

– तस्वीर डिआरजी सुमन/अर्घाखाँची ।

अन्य समाचारहरु