अर्घाखाँचीडट्कम संवाददाता
छत्रदेव, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिका वार्ड नम्बर ६ ठुलापोखराका मृगौला पीडित किशोरलाई आर्थिक समस्या परेको छ ।
ठुलापोखराका शम्भु पौडेलका १८ वर्षिय मृगौला पीडित कान्छा छोरा भोजराज पौडेललाई थप उपचार गराउन आर्थिक समस्या परेको हो ।
भोजराजलाई २ महिना अघि मृगौला फेल भएको डाक्टरले बताएका थिए । उनलाई बुटलवको सामुदायिक मुटु अस्पतालमा हप्ताको २ पटक डाइलासिस गराउन पर्ने र रगत किन्न पर्ने भएकोले परिवारले आर्थिक कारणले थप उपचार गराउन नसक्ने भएको छ ।
परिवारको पनि आर्थिक अवस्था दयनिय रहेको छ । छोराको उपचारलाई परिवारले सम्पूर्णमा हारगुहार गरेका छन् ।
भोजराजलाई सक्दो सहयोग गरी बच्चाउन तलको बैंक खातामा तथा विवरण अनुसार पैसा जम्मा गरिदिन सकिनेछ ।
E Sewa ID: 9860377512
1260050084784 मेगा बैंक