मालारानी गाउँपालिकाद्धारा ११औ गाउँ सभा तथा आर्थिक वर्ष २०७८-७९ को नीति-कार्यक्रम प्रस्तुत (फोटो सहित)


२०७८ आषाढ १०, विहीवारमा प्रकासित

नबिन के.सी | अर्घाखाँचीडट्कम संवाददाता 
खनदह, अर्घाखाँची (अर्घाखाँचीडट्कम)  । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिकाको ११ औ गाउँ सभा तथा आर्थिक वर्ष २०७८-७९ को  नीति तथा कार्यक्रम प्रस्तुत भएको छ । 
मालारानी गाउँपालिकाले आगामी आर्थिक बर्ष २०७८-७९ को लागी निति तथा बजेट बिहीवार प्रस्तुत गरेको हो ।  आगामी २ बर्ष भित्र संघिय सरकारको समन्वयमा पालिका भित्र १५ सैयाको अस्प्ताल निर्माण कार्य सम्पन्न गर्ने गरि बजेटको व्यबस्था भएको पालिका अध्यक्ष बालकृष्ण आचार्यले जानकारी दिनु भयो ।
यस्तै कोभिड अस्पताललाई स्तरउन्नती गरि अब देखी पालिका भित्र एक्सरे सेबा समेत सञ्चालनको अन्तीम तयारीमा रहेको समेत उहाँले जानकारी दिनु भयो । हेफर ईन्टरनेशन्लको सहकार्यमा गाउँमै स्वरोजगार हुने गरि कार्यक्रम तथा बजेटको व्यबस्था गरेको पालिका अध्यक्ष आचार्यले बताउनु भयो ।  
पलिका कोरोना महामारी नियन्त्रण , कोरोनाकारण रोजगारी गुमाएका नागरिकहरुलाई पालिकामा स्वरोजगार बनाउने जस्ता निती कार्यक्रमको प्रस्तुत भएको छ । पालिकाले एमबिबिएस , ईन्जीनियर र कृषि भेटनरी अध्ययान गर्ने लक्षीत बर्गलाई छात्रबृति दिने गरि बजेट बिनियोजन गरेको छ ।
यस्तै कृषि भेटनरी र जेटिए अध्ययान गरेर बसेका व्याक्तिहरुलाई स्वरोजगार बनाउनको लागी बजेटको बिनियोजन समेत गरेको छ । यस्तै बिद्यालय कर्मचारी , बालबिकाश सहयोगीको लागी संघिय सरकारको समन्वय र कार्यपालिकाको बैठकको निर्णय अनुसार प्रोत्साहन गर्ने गरि बजेट बिनियोजन गरेको पालिकाका प्रमुख प्रशासकिय अधिकृत रमेश पन्थीले बताउनु भयो ।
मालारानी गाउँपालिकाले आगामि आर्थिक बर्ष २०७८÷७९ को लागी पालिका उपाध्यक्ष प्रमिला क्षेत्रीले सभामा बिनियोजन बिधेक संगै ८० करोड ३३ लाख २४ हजार रुपैया बराबरको बजेट प्रस्तुत गर्नु भएको छ ।  जनताको जनजिबिका संग प्रत्यक्ष सरोकार राख्ने गरिनै आगामि आर्थिक बर्षको बजेट प्रस्तुत गरेको  उपाध्यक्ष क्षेत्रीले बताउनु भयो ।  आगामि आर्थिक बर्षको लागी वडा स्तरका योजनाहरु सम्पन्न गर्नको लागी प्रत्येक वडालाई ४० लाखको बजेट सिलिङ्ग दिईएको छ ।
 मालारानी  गाउँपालिकाले ५ बर्षे आबधिक योजना समेत निर्माण गरेको छ । आगामि आर्थिक बर्षको निती तथा कार्यक्रमहरु सोही आबधिक योजना अनुसार आएको  पालिकाका योजना अधिकृत नेत्रप्रसाद खनालले जानकारी दिनु भयो । गाउँ सभामा उपाध्यक्ष प्रमिला क्षेत्रीको अनुमतीले बिनियोजन बिधेक योजना अधिकृत नेत्रप्रसाद खनाल आर्थिक ऐन २०७८ सब–ईन्जीनियर हरिशचन्द्र पाण्डेले गाउँ सभामा प्रस्तुत गर्नु भएको थियो ।