अर्घाखाँचीमा आज संक्रमित कोही पनि थपिएनन्, २० जनाले कोरोना जिते ( सम्पूर्ण विवरण सहित)


अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा पछिल्लो २४ घण्टामा थप कोही पनि कोरोना संक्रमित थपिएनन् ।
जिल्लामा आजसम्म सक्रिय कोरोना संक्रमितको संख्या १८५ जना पुगेको छ । जसमा सन्धिखर्क नगरपालिकामा ५५ जना, भूमिकास्थान नगरपालिकामा ३३,        शितगंगा नगरपालिकामा १५,          मालारानी गाउँपालिकामा ३२,            पाणिनी गाउँपालिकामा २४        र छत्रदेव गाउँपालिकामा २६  जना संक्रमित रहेका छन् । 
जिल्लामा गत वर्षदेखि आजसम्म संक्रमितको संख्या २५००  जना पुगेको छ । जसमा सन्धिखर्क नगरपालिकामा १०५८   जना, भूमिकास्थान नगरपालिकामा ४६८,   शितगंगा नगरपालिकामा ३१४,      मालारानी गाउँपालिकामा २३६,       पाणिनी गाउँपालिकामा १८५     र छत्रदेव गाउँपालिकामा २३९  जना संक्रमित रहेका छन् ।   
गएको २४ घण्टामा जिल्लामा २० जनाले कोरोना जितेका छन् । जिल्लामा गत वर्षदेखि आजसम्म  २२५०  जनाले कोरोना जितेका छन् ।  जसमा सन्धिखर्क नगरपालिकामा ९८५ जना, भूमिकास्थान नगरपालिकामा ४२०,        शितगंगा नगरपालिकामा २८८,      मालारानी गाउँपालिकामा १९४,  पाणिनी गाउँपालिकामा १५३    र छत्रदेव गाउँपालिकामा २१० जनाले कोरोनालाई जितेका हुन् ।
यस्तै जिल्ला प्रशासन कार्यालयका अनुसार काेराेना संक्रमणका कारण जिल्लामा गतवर्षदेखि हालसम्म ६५ जनाको ज्यान गएको छ । जसमा सन्धिखर्क नगरपालिकामा १८ जना, भूमिकास्थान नगरपालिकामा १५,    शितगंगा नगरपालिकामा १ जना आत्महत्या सहित ११,    मालारानी गाउँपालिकामा १०,     पाणिनी गाउँपालिकामा ८   र छत्रदेव गाउँपालिकामा ३ जना संक्रमित रहेका छन् ।  
शुक्रबारको  कोरोना विवरण यस्तो छ: