रुद्रमणि भुसाल
छत्रदेव, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको छत्रदेव गाउँपालिकको सृजनशिल महिला घास तथा बाख्रापालन समुह केरुङ्गगाले बोयर जातको बाख्रा रुपन्देही र पाल्पा पठाउन सुरु गरेकको छ ।
झन्डै ४ बर्षको अबधिमा अर्घाखाँचीको सितगंगा नगरपालिका , पाणिनी गाउँपालिका र पाल्पा र रुपन्देमा बाख्रा बिक्री गरेर समुहले २५ लाख आम्दानी गर्न सफल भएको सृजनशिल महिला घास तथा बाख्रापालन समुह केरुङ्गगाकी अध्यक्ष साबित्रा पन्थीले जनाकारी दिनु भयो ।
गाउँपालिकाले दिएको अनुदानबाट सहकारीमा आबद्ध कृषकहरुले बाषिर्क २ लाख सम्म आम्दानी गर्न सफल भएको कृषक राधा सारुको भनाई रहेको छ ।
आज रुपन्देहीको कचञ्न गाउँपालिका पशुशाखा प्रमुख नेत्र प्रसाद अधिकारीलाई केरुङ्गगा बाखा्र बितरण गदै गाउँपालिका अध्यक्ष लेखनाथ पोखरेलले अनुदानमा केहि बाख्रा दिएर यससमुहका कृषकहरुले बाख्रापाल्न सुरु गरेर रुपन्देही र पाल्पामा पनि पठाउन लागेकाले कृषकहरुको मनोबल बढाउन बिभिन्न किसिमका अनुदान दिन लागिएको उहाले बताउनु भयो ।
कार्यक्रममा छत्रदेबका वाड नं. ४ का वडा अध्यक्ष अशोक श्रेष्ठ , पशुशाखा प्रमुख उमानाथ पन्थि , लगायतले मनतब्य राख्नु भएको थियो । कार्यक्रम खिमानन्द भुसालको संचालनमा सम्पन्न भएको हो ।