विनोद श्रेष्ठ
जब सुन्दर शहर बगर बनेपछि
सबैलाई रुवाउने देैवको रहर बनेपछि !
मनै थाम्न सकिएन हेरेपछि ती दृश्यहरु
बाढि पिडित मान्छेका आँसु बरबर झरेपछि
न गास छ न बास केवल एक मात्र सास छ
कस्को के लाग्छ जब दैबको नजर लागेपछि
किन लागाेस भाेक प्यास निद्रा अनि सपनाहरु
जब आफ्ना सपना संगै घर बगेपछि !!