अड्गुरीको झन्द्रेकमा नयाँ प्रजातिको सर्प घरबाट उद्दार (भिडियो, फोटो सहित)


अर्घाखाँचीडट्कम संवाददाता
अड्गुरी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वार्ड नम्बर ७ अड्गुरीको झन्द्रेकमा नयाँ प्रजातिको सर्प देखिएको छ ।

अड्गुरीको झन्द्रेकमा नरेन्द्र प्रकाश बन्जाडेको घरमा ११ दशमलव ४ फिट लामो राज गोमन सर्प (किङ्ग कोब्रा) प्रजातिको सर्प फेला परेको हो ।
बन्जाडेको घरमा पसेको उक्त सर्प अजिङ्गर भनिएको थियो तर किङ्ग कोब्रा भएको बताइएको छ।
इलाका प्रहरी कार्यालय पालीका असई गन्ज बहादुर घम सहितको टोली र वनबाट सर्प उद्दारका लागि आएका थिए ।   सर्पको उद्दार गरेका पाल्पाका दुई दाजुभाई सागर पान्डे र प्रविन पान्डेका अनुसार कालिनाग अर्थात राज गोमन अत्यन्तै दुर्लभ तर बिशेष गुणले युत्त धार्मिक रुपमा पनि महतब भएको सर्प हो । उक्त सर्प बन्जाडेको घरको एउटा कोठामा पसेको थियो ।
उक्त लामो राज गोमन सर्प दुर्लभ प्रजातीको सर्प हो । जुन असाध्यै विषालु हुन्छ । दुर्लभ सर्प भएकाले संरक्षण गर्नुपर्ने सर्प उद्धार टोलीका विज्ञ पाण्डेले बताउनुभयो । सर्प हेर्नेको लागि सोमवार अवेर सम्म स्थानियहरूको भीड समेत लागेको थियो ।

अन्य समाचारहरु