अर्घाखाँची डट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्ला प्रहरी कार्यालयले जिल्लामा अवैधानिक रुपमा सञ्चालन भईरहेका जुवा तास नियन्त्रणका लागि आफ्नो सक्रियता बढाएको छ।
सन्धिखर्कबाट असार ११ गते शुक्रबार प्रहरी निरिक्षक सुजन विक्रम शाहको नेतृत्वमा जुवा खेल्न प्रयोग गरिएको दुई लाख ७३ हजार रकम सहित नियन्त्रणमा ल्याइएका ११ जनालाई अनुसन्धानका लागि आज सोमबार थप सात दिनको म्याद थपी थुना राखिएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका सुचना अधिकारी गणेश खनालले अर्घाखाँचीडट्कमलाई जानकारी दिएका छन् ।
उता ठाडाको चाक्लाबाट असार ९ गते बुधवार ठाडा प्रहरीका प्रहरी निरिक्षक सन्दिप बेल्वासेको नेतृत्वमा निषेधाज्ञाको मौका जोपेर जुवा खेलिरहेको अवस्थामा ७५ हजार नगद सहित ९ जना जुवाडेलाई पक्राउ गरेको थियो ।