अर्घाखाँचीडट्कम संवाददाता
हंसपुर, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका वार्ड नम्बर ६,७,८ हंसपुर र ९ गोखुङ्गामा माक्स र सेनिटाइजर वितरण गरिएको छ ।
हंसपुर र ९ गोखुङ्गामा मालारानी गाउँपालिका शिक्षा शाखाको आर्थिक सहयोगमा सामुदायिक अध्ययन केन्द्र हंसपुरबाट सेवा क्षेत्र अन्तर्गत २० हजार माक्स र ४० लिटर सेनिटाइजर वितरण गरिएको हो ।