जुकेनामा भान्साबाट पकाएको भात र दाल चोरी, निषेधाज्ञाले सबैको रोजीरोटी र रोजगारी संकटमा


बिष्णु कुमार आले
जुकेना, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नम्बर ५  जुकेनामा चुलोमा कुक्करमा पकाएको भात र दाल चोरी भएको छ । 
जुकेना । फाइल फोटो 
जुकेनाको भुमिकाथानका  लालमणी पौडेलको चुलोमा पकाएर ढोकाको चुक्कल लगाएको अवस्थामा पाकेको भात र दाल भाडो सहित चोरी भएको हो ।  घटना  सोमबार साँझ भएको थियो ।
बन्दी भान्साघरमा पकाएको दाल, भात चोरी भएको घरधनी लालमणी पौडेलले टेलिफोन मार्फत जानकारी गराएका छन् ।
यस्तो अचम्मको घटना किन घट्यो भन्ने बारे अनुसन्धान भैरहेको जनाईएको छ ।  
उता गत वैशाख २१ गते मंगलवारदेखि जारी निषेधाज्ञाका कारण जिल्लाको जनजीवन अत्यन्त कष्टकर भएको छ ।  बन्दाबन्दी र निषेधाज्ञाका कारण ज्याला मजदुरी गर्ने मानिस माथि नराम्रो असर परेको देखिन्छ । निषेधाज्ञाका कारण सबैको रोजीरोटी र रोजगारी संकटमा पर्दै गएकाले गर्दा व्यवसायी तथा मजदुरहरू समस्यामा परेका छन् ।   

अन्य समाचारहरु