अर्घाखाँचीडट्कम संवाददाता
पटौटी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका अन्तर्गतका स्वास्थ्यसंस्था पणेना, पोखराथोक, खिदिम र पटौटीमा समुदायमा आधारित नवजात शिशु तथा बालरोगको एकिकृत व्यवस्थापन(CB-IMNCI) कार्यक्रम सम्बन्धी अनसाइट कोचिंग सम्पन्न भएको छ ।
पणेना स्वास्थ्य चौकी, पोखराथोक स्वास्थ्य चौकी, खिदिम स्वास्थ्य चौकी र पटौटी स्वास्थ्य चौकीहरुमा समुदायमा आधारित नवजात शिशु तथा बालरोगको एकिकृत व्यवस्थापन(CB-IMNCI) कार्यक्रम सम्बन्धी अनसाइट कोचिंग सम्पन्न भएको हो ।
पाणिनी गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा ति स्वास्थ्यसंस्थाहरुमा अनसाइट कोचिंग सम्पन्न भएको थियो ।