पाणिनी तपोभुमिको तस्बिर हुलाक टिकट प्रकाशनमा


अर्घाखाँचीडट्कम संवाददाता 
पणेना, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । हुलाक सेवा विभागले अर्घाखाँची जिल्लाको पणेनामा रहेको पाणिनी तपोभुमीको तस्बिर हुलाक टिकट प्रकाशनमा ल्याएकाे छ । 
संस्कृत ब्याकरणकाे उद्गम स्थल पाणिनी तपाेभुमी तस्बिर अंकित टिकट प्रकाशनमा ल्याएकाे हाे । अर्घाखाँचीडट्कम
योसँगै पाणिनी तपाेभूमिलाई पर्यटनकाे अन्तर्राष्ट्रिय गन्तव्य बनाउन सकिने अपेक्षा गरिएको छ । अर्घाखाँचीको ईतिहासमा पहिलो पटक पाणिनी तपोभुमिको तस्बिर हुलाक टिकट प्रकाशनमा आएको हो ।  

पाणिनि तपोभुमिको बारेमा:
नेपाली संस्कृत अंगे्रजी आदि भाषा वाङ्मयमा पाणिनी ऋषिको जति चर्चा हुन्छ, त्यत्ति नै महत्व बोकेको छ पाणिनी तपोभूमि अर्घाखाँचीले । करिब ५० रोपनि क्षेत्रफलमा फलिएको, पाल्पा सदरमुकाम तानसेनबाट र अर्घाखाँची सदरमुकाम सन्धिखर्कबाट करिब समदुरिमा अवस्थित पाणिनी तपोभूमि ‘पणेना’ यी दुवै ठाउँबाट ३१ कि.मि.को दुरिमा पर्छ ।
पाकिस्तानको शलातुर भन्ने ठाउँमा जन्मेका पाणिनी धनी बाबु (सामन) का पुत्र थिए बाबु धनी भएकाले हुन सक्छ उनले तक्षशिला विश्वविद्यालयमा पढ्दा खासै चासो वा ध्यान देखाएनन् र आफ्ना सहपाठी साथीहरुसँग पराजित भए र बाबुआमाले उनलाई मावलिघर पाटलिपुत्र (पटना) पठाए र त्यहाँ उनले तक्षशिला एउटा विद्यालयमा पठनपाठन गर्न थाले जुन विद्यालयका कुलपति आफ्नै मामा (व्याडि वर्षचार्य) थिए । केही समय त्यहाँ पढेपछि परिक्षामा आफ्ना साथि कात्यायनसँग उनले हारे । महर्षि पाणिनी दुःखित भएको देखेर उनकी माइजू (गुरुआमा) ले हिमाली क्षेत्रतिर गई शिवको आराधना गरे सफलता मिल्न सक्छ भन्ने सुझाव पाणिनीलाई दिइन् र उनी हिमालय खोजि गर्दै हिँडे । विश्व भ्रमण गरे धेरै ठाउँ घुमे हिमाली क्षेत्र खोज्दै जाँदा उनले अर्घाखाँचिको पुर्वि भागमा रहेको एउटा सुन्दर ठाउँ फेला पारे र त्यही आफ्नो तन, मन र धन लगाएर भगवान शिवको तपस्या गरे । उनले तपस्या गरेको ठाउँमा स्यम् भगवान शंकर प्रकट भई १४ पटकसम्म डमरु वजाई उनलाई वरदान दिएर गए । र उनले त्यही ठाउँमा बसी १४ शुत्र मूल भएको व्याकरण रचना गरे । पछि उनी पाटलिपुत्र (पटना) फर्के र आफ्ना सहपाठि कात्यायनलाई पराजित गरे र उनको व्याकरणलाई विश्वप्रसिद्घ व्याकरण मानिन्छ । उनी जन्मेको ठाउँ पाकिस्तानमा पर्ने लाहौर हो पहिले शलातुर शब्दको शब्दभ्रंस हँुदै जादा हलाथुर, हलाहुर, लाहुर र लाहौर भएको पाइन्छ । उनको पाणिनि तपोभुमिमा तपस्या गर्दैगर्दा सिंहको आक्रमणबाट मृत्यु भएको मानिन्छ । विश्वप्रसिद्घ पाणिनीको प्राण वियोग त्रयोदशी तिथिमा भएको पाइन्छ, त्यसैले त्रयोदशी तिथिको दिन पाणिनी व्याकरण पढिदैन ।
पाणिनीले आठ ओटा व्याकरणीय ग्रन्थ तयार पारे जसमा आठ ओटा अध्याय थिए त्यसैले त्यस ग्रन्थलाई अष्टाध्यायी व्याकरण भन्ने गरिन्छ । पाणिनीले त्यस्ता व्याकरण रचना गरे जसमा एउटा अक्षर पनि अनर्थक छैन वा त्यस्तो परिवर्तन गर्ने स्थान नै छैन । व्याकरणकारहरुमध्ये सर्वश्रेष्ठ व्याकरणकार पाणिनी ऋषि हुन् । ऋषि पाणिनीको समय यत्ति नै हो भनेर किटान गरिएको छैन तैपनि विभिन्न विद्घानहरुले आ–आफ्ना धारणाहरु व्यक्त गरेका छन् । जसमध्ये कसैले इ.पू पाँचौ शताब्दी, छैटौ, सातौ, बाह्रौँ र चौबिसौ जस्ता मतहरु पाइन्छन् । गौतम बुद्धको समयभन्दा पहिले भएको पनि मानिन्छ । विद्घानहरुका अनुसार पाणिनी ऋषिका नामहरु पनि धेरै छन् जस्तै गोत्र, स्थान आदिका अनुसार उनका जति धेरै नाम भए पनि सबै नामहरु उत्तिकै लोकप्रिय छन् ।

अन्य समाचारहरु