अर्घाखाँचीभर १८ औं राष्ट्रिय धान दिवस भब्यता साथ मनाइयो (फोटो फिचर)


अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा धान उत्पादनमा वृद्धि, खाद्य सुरक्षा आत्मनिर्भरता र समृद्धि नाराकासाथ आज असार १५ गते मंगलबार १८ औं राष्ट्रिय धान दिवस भब्यता साथ मनाएको छ ।
जिल्लाका सन्धिखर्क नगरपालिका, भूमिकास्थान नगरपालिका,           शितगंगा नगरपालिका,        मालारानी गाउँपालिका,           पाणिनी गाउँपालिका   र छत्रदेव गाउँपालिका खेतमा धान रोपेर दिवस मनाइएको हो ।
सन्धिखर्क नगरपालिकाकाे कृषि शाखा लगायत जिल्लाभर नगरपालिकामा धान रोप्ने कार्यक्रम आयोजना गरिएको थियो । 
२०६१ सलको सरकारी निर्णयअनुसार यस दिनलाई राष्ट्रिय धान दिवसको रूपमा मनाउन थालिएको १८ वर्ष पुगेको छ । आज मुलुकभर नै रोपाइँ उत्सव गरेर दिवस मनाउने गरिन्छ । दही चिउरा खाने, हिलो छ्यापाछ्याप गर्ने, ठाउँअनुसार परम्परागत रूपमा साँस्कृतिक कार्यक्रम गरेर दिवस मनाउने चलन परम्परादेखिनै छ । 
धान मानिसको जन्म अघिदेखि मृत्यु पर्यन्तस नभइ नहुने बाली हो । जीवन धान्ने आधार पनि धान नै हो । त्यसैले नेपाल मात्रै होइन दक्षिण एसियाली मुलुकमै धानको महत्व बढी छ ।