अनिल नेपाली
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिकालाई बाल शिक्षिकाहरुले ध्यानआकर्षण पत्र बुझाएका छन् ।
सरकारले बजेट भाषण गर्दा निर्धारण गरेको बाल विकास शिक्षक कार्यालय सहयोगीलाई स्थानीय तहले बेबास्ता गरेको भन्दै सन्धिखर्क नगरपालिकालाई बाल शिक्षिकाहरुले ध्यानआकर्षण पत्र बुझाएका हुन् ।
बाल शिक्षिकाहरुले ध्यानआकर्षण पत्र सन्धिखर्क नगरपालिका नगर उपप्रमुख ठाकुर कुमार विक किशोर, प्रमुख प्रशासकीय अघिकृत नारायण अर्याललाई ज्ञापन पत्र बुझाएका थिए ।
ज्ञापन पत्र बुझदै नगर उपप्रमुख विकले शिक्षकका मागप्रति आफु गम्भीर रहेको बताएका छन् । ज्ञापन पत्रमा समर्थन जनाउदै विप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको भातृ संगठन, अखिल क्रान्तिकारीका जिल्ला ईन्चार्ज नविन खड्का बारुदले शिक्षक कार्यालय सहयोगीका मागहरु प्रति गम्भीर हुन आग्रह गदै यदि माग पुरा नभए शिक्षकहरु निरन्तर कुनै प्रभाब नपरी ससक्त आन्दोलनमा उत्रन आग्रह गर्दै त्यो आन्दोलनमा आफ्नो संगठन जस्तो सुकै मुल्य चुकाउन तयार रहेको बताउदै शिक्षकका माग पुरा नभएसम्म विधालय नखोल्न प्रशासन नचलाउन आग्रह गर्नुभएको थियो ।
सहभागी शिक्षकले आफ्नो आन्दोलनमा सहयोग गर्न अनुरोध गरेका थिए । कार्यक्रममा अध्यक्ष बाबुराम एसके, उपाध्यक्ष पदम नेपाली लगायतको सहभागिता रहेको थियो ।