अर्घाखाँचीडट्कम संवाददाता
चाक्ला, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका नगरपालिका वार्ड नम्बर ४ ठाडाको चाक्लाबाट प्रहरीले जुवा खेलिरहेको अवस्थामा पक्राउ परेका ९ जना जुवाडेहरु १० हजार धराैटीमा छुटेका छन् ।
ठाडाको चाक्लाबाट प्रहरीले निषेधाज्ञाको मौका छोपेर जुवा खेलिरहेको अवस्थामा असार ९ गते बुधवार पक्राउ परेका ९ जना जुवाडेहरु मंगलवार १० हजार धराैटीमा छुटेका हुन् ।
उनिहरु विरुद्ध थप अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले गत असार १० गते विहीवार ७ दिनको म्याद थप गरेको थियो ।
ठाडाको चाक्लाबाट ठाडा प्रहरीले निषेधाज्ञाको मौका जोपेर जुवा खेलिरहेको अवस्थामा ७५ हजार नगद सहित ९ जना जुवाडेलाई पक्राउ गरेको थियो ।
सबै जुवाडे सितापुर र ठाडाका रहेका थिए ।