नरपानीकी १ जना बृद्धाको कोरोना संक्रमणका कारण अर्घाखाँची अस्पतालमा निधन


अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ६ नरपानीकी  १ जना बृद्धाको कोरोना संक्रमितको निधन भएको छ ।  
कोरोना संक्रमित नरपानीकी ७५ वर्षिया बृद्धाको जिल्ला अस्पताल अर्घाखाँचीमा बुधवार निधन भएको हो ।
अस्पतालमा उपचाररत उनलाई ज्वरो, निमोनिया, दम र श्वास–प्रश्वासमा समस्या थियो ।
योसँगै काेराेना संक्रमणका कारण जिल्लामा गतवर्षदेखि हालसम्म ६६  जनाको ज्यान गएको छ । 
बुधवारको कोरोना विवरण यस्तो छ:

अन्य समाचारहरु