केशब घिमिरे
खाँचीकोट, अर्घाखाँची ( अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको खाँचीकोटमा रहेको लागत साझेदारी बाख्रा बिकास केन्द्रको सार्वजनिक सुनुवाई सम्पन्न भएको छ ।
खाँचीकोटको डिहिडाँडामा आज बुधवार सन्धिखर्क नगरपालिकाका उप प्रमुख ठाकुर कुमार बिकको प्रमुख आथित्यता सुनुवाई कार्यक्रममा भएको हो ।
सन्धिखर्क नगरपालिकाको पन्ध्र लाख अनुदान र लागत समुहले पन्ध्रलाख बेहोर्ने गरि बाख्रा पालनको बिकास गर्ने त्यो योजनाको लक्ष्य रहेको छ ।
कार्यक्रम सार्वजनिक सुनुवाई कार्यक्रममा वार्ड सदस्य रामलाल खनाल, वार्ड सदस्य कमला नेपाली कृषि शाखाका प्रकाश न्यौपाने , योजना शाखाका दिलुप क्षेत्री पत्रकार लगायतको उपस्थिती रहेको थियो ।