अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीमा नागरिक मैत्री तथा मानव अधिकार बिशेष अनुशिक्षण (घुम्ती प्रशिक्षण) तालिम शुरु भएको छ ।
नागरिक मैत्री तथा मानव अधिकार बिशेष अनुशिक्षण ५ दिने घुम्ती प्रशिक्षण तालिम बिहीवारबाट शुरु भएको हो ।
प्र.ह./प्र.ज. लक्षित तालिमको प्रमुख प्रहरी नायव उपरीक्षक अमर बहादुर थापा क्षेत्रीले समुदघाटन गर्नुभएको थियो ।
तालिममा प्र.ह. -६ जना, प्र.ज.-२९ जना ( महिला प्रहरी कर्मचारी – ३ जना समेत ) गरी जम्मा -३५ जनाको सहभागी रहेको छ ।