केशब राज ज्ञवाली | बसन्त खड्का
नुवाकोट, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको भुमिकास्थान नगरपालिका वार्ड नम्बर ८ नुवाकोटमा रहेको एतिहासिक नुवाकोटमा भब्य कोटको निर्माण कार्य तिव्र स्तरमा भैरहेको छ ।
वार्ड अध्यक्ष गौरबको योजना अन्तरगत सुरु गरिएको उक्त कोटको लागि आबस्यक पर्ने आकर्षक ढोकाहरु , टुडांल , आखिंझ्याल जस्ता कास्ठजन्य सामग्रीहरु काठमाडौ तथा भक्तपुर बाट ल्याइएको छ भने छानोको लागि आकर्षक टायल भारतबाट ल्याइसकिएको छ ।
बाटो, बिजुली , तथा अन्य क्षेत्रमा निरन्तर बजेट परिरहेको तर यो कोट नुवाकोट क्षेत्रको ईतिहास र पहिचान संग जोडिएको हुनाले यसलाइ गौरबको योजनामा लगाएको भुमिकास्थान -८ का अध्यक्ष कुमार श्रेष्ठले अर्घाखाँची डटकमलाइ बताए । नुवाकोटका लागि गौरव भनेको यहाँ अबस्थित एतिहासिक कोट नै रहेको उनको भनाई छ ।
समयमै गुणस्तरिय निर्माण सम्पन्न गर्ने प्रतिबद्दता सहित प्रतीक्षा निर्माण सेवाले कोट भवनको संरचना निर्माण काम गरिरहेको छ ।