अर्घाखाँचीडट्कम संवाददाता
ठाडा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगगां नगरपालिकामा नियमित बजार अनुगमन हुन थालेको छ ।
शितगगां नगरपालिकाले पछिल्लो पटक यहाँका बिभिन्न बजारका २२ वटा पसल अनुगमन गरेको हो ।
बजार अनुगमनका क्रममा कालो बजारी, म्याद गुज्रिएका सामान विक्रि तथा नविकरण र कर नतिरेको पाइएको छ । साथै म्याद गुज्रिएका सामान नष्ट गरिएको छ । भने १५ वटा पसललेलाई जरिवाना समेत गरिएको छ ।
नियमित अनुगमनले उपभोक्तालाई खुशी र व्यवसायीलाई सचेत बनाएको छ । बजार अनुगमन गरिएको बजार अनुगमन तथा उपभोत्ता हित संरक्षण समितिका नागेन्द्र नेपालका अनुसार सामानको मुल्यमा एकरुपता नहुने र परिमाणमा समेत उपभोक्ताहरु ठगीन सक्ने भन्दै बजारको अनुगमन नियमित बनाइएको हो ।
यस्तै उपभोक्तालाई गुणस्तरीय र उचित मुल्यमा सामान खरिद गर्ने अधिकार सूनिश्चित गर्न बजार अनुगमनको कानूनी ब्यबस्था गरिएको नगर राजस्व शाखाका कमल पन्थीले बताए ।
अनुगमनमा इलाका प्रहरी कार्यालय ठाडाका प्रहरी निरिक्षक सन्दिप बेल्बासे, नगर राजस्व शाखाका कमल पन्थी, शितगंगा उद्योग वाणिज्य संघका प्रतिनिधीको उपस्थिती रहेको थियो ।