अर्घाखाँचीडट्कम संवाददाता
खनदह, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका अगाडि नेपाल शिक्षक महासंघले आफ्नो मागहरु पूरा गर्न भन्दै अगाडि आज धर्ना कार्यक्रम गरेको छ ।
चरणबद्द आन्दोलनको क्रममा आज असार १८ गते मालारानी गाउँपालिकाको प्राङ्गणमा पनि शिक्षकहरुले बिहान नौ बजे देखि एक बजे सम्म धर्ना कार्यक्रम गरेका थिए
शिक्षकहरुलाइ स्कुल संचालन हुन भन्दा अगाडि कोभिड बिरुद्दको खोप लगाउनु पर्ने , राहत शिक्षकहरुका समस्या समाधान गर्नुपर्ने , संघिय शिक्षा एन जारी गर्नुपर्ने र बाल बिकास शिक्षिका हरुको पारिश्रमिक उचित ब्यबस्थापन गर्नुपर्ने , बिधालय कर्मचारीहरुको समस्या सुनुवाइ गर्नुपर्ने जस्ता माग राख्दै शिक्षक महासंघ आन्दोलनमा निरन्तर छ ।
आन्दोलनरत शिक्षकहरुले हाम्रो माग पूरा गरा , संघिय शिक्षा एन जारी गर जस्ता प्लेकार्ड छातीमा टासेरं सभ्य रुपमा शान्तिपुर्ण धर्ना गरेका थिए ।