डिआरजी सुमन
मैदान, अर्घाखाँची शनिवार १९ असार २०७८ । अर्घाखाँची जिल्लाको पाणिनी गाँउपालिका वार्ड नं ५ काफलवुटामा लामो समयसम्म विद्यार्थीले दुख पाएको बताउदै विद्यालय स्थापनार्थ पहल गरी केन्द्रदेखि १८ लाख रक़म पारी सक्दा पनि पाणिनी गाँउपालिका शिक्षा शाखाले समयमा चांसो नदिएको कारण वजेट रोक्का हुनु सकारात्मक पक्ष नभएको दर्ता नभएको विद्यालयका अध्यक्ष झविलाल घिमिरेले पत्रकार सम्मेलनमा वताउनु भएको छ ।
पाणिनी गाँउपालिका वडा नं ५ काफलवुटाको लागी राष्ट्रपति शैक्षिक सुधार अन्तरगत परेको अठार लाख रुपैया गाँउपालिकाले निकासा किन नगरेको भन्ने पत्रकार डिआरजी सुमनको प्रश्नमा पाणिनी गाँउपालिका अध्यक्ष र वडा नं ५का अध्यक्षको एउटै साझा जवाफ “क़ानूनी समस्या” रहेको भन्ने नै आएको छ ।
साविक मैदान गावीस वडा नं ०७ मा ठुलो क्षेत्र समेटेकोले काफलवुटामा विद्यालय आवश्यक महसूस गरी वजेट ल्याउने पहलमा लागेको प्रति स्थानीयलाई धन्यवाद दिदै आवश्यक कानुनी प्रक्रिया अवलंब गरी उक्त क्षेत्रमा विद्यालय संचालन गर्ने पहलमा जुटेको पाणिनि गाँउ पालिका वडा नं ५ काअध्यक्ष जीवलाल घिमिरेले वताउनु भएको छ ।
यस्तै पाणिनी गाँउपालिका अध्यक्ष अच्युत गौतमले काफलवुटामा विद्यालय वनाउदा उक्त क्षेत्रमा रहेका विद्यार्थी लाई सहजता हुने विषयमा स्थानीयले आवाज़ उठाई रहेको वताउदै उक्त क्षेत्रमा ३ कोठे ट्रस सहितको भवन निर्माण गरी स-साना विद्यार्थीलाई सहजता दिलाउन आफुले पहल गरिरहेको जनाउनु भएकोछ ।
विद्यालय दर्ता नभएको हुँदा शिक्षा नियमावली वमोजिम रक़म निकासा गर्न नसकिएको पाणिनि गाँउ पालिका शिक्षा शाखा प्रमुख तेज वहादुर खनालले डिआरजी सुमनलाई जानकारी गराउनु भएको छ ।
यहाँ विद्यालय खोल्नको लागी कसैले पहल गरेन अहिले कटेरोमै साना वच्चापढाउने काम भई रहेको छ । यस्तो अवस्थामा पनि यहाँ कै लागी आएको रक़म निकासा नहुनु दुर्भाग्य भएको वताउदै घडेरी समेत खनी सक्दा समेत पाणिनि गाँउपालिका शिक्षा शाखाले वेवास्ता गरेको प्रति स्थानीयहरु आक्रोसित भएका छन।
हामीलाई शिक्षा शाखाले समयमा प्रक्रिया पुरा नभएको र रकम आएको वारे जानकारी नगराउनु ग़लत भएको विद्यालय स्थापनाको लागी पहल गरिरहनु भएका स्थानीय पहलकर्ता वेदराज घिमिरेले जानकारी गराउनु भएको छ । – तस्वीर डिआरजी सुमन/अर्घाखाँची