काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड–१९ विरुद्धको खोप अभियान निरन्तर चल्ले दाबी गर्नुभएको छ ।
शनिबार काठमाडौंमा आयोजिक एक कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले खोप लगातार आउने क्रम सुरु भएकाले निरन्तर खोप अभियान चल्ने दाबी गर्नुभयो । खोप पाउन केही समय समस्या भए पनि मित्रराष्ट्रहरूसँगको संवादका कारण खोपमा देखिएको समस्या समाधान भएको जिकिर गर्नुभयो ।
भ्याक्सिन पाइएन भन्ने स्थितिबाट अघि बढिसकेको ओलीको दाबी छ । कोभिडबाट जोगिन विगतमा मास्क लगाउने, सामाजिक दूरी कायम गर्ने र हात धुने जस्ता उपाय रहेकामा अब खोपमार्फत कोरोना सर्न नपाउने स्थितिमा पुर्याउने जिकीर गर्नुभयो ।
प्रधानमन्त्री ओलीले पहिले जोखिमयुक्त समूहलाई खोप दिने र त्यसपछि क्रमश सबै नागरिकलाई खोप दिने दोहो¥याउनुभयो । सरकारको प्रयासका कारण नेपालमा कोरोना महामारीको क्षति कम भएको दाबी गर्दै उहाँले खोप आउन थालेपछि थप सुरक्षित हुने बताउनुभयो । इमेज च्यानलमा समाचार छ ।