अर्घाखाँचीको चुरे दोहन प्रति गम्भीर भएको विप्लवको भनाई (फोटो सहित)


अनिल नेपाली
सन्धिखर्क, अर्घाखाँची १९ असार (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको चुरे दोहन प्रति हामी गम्भीर भएको विप्लब नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका महासचिब नेत्र विक्रम चन्दले बताउनु भएको छ ।  
चन्दलाई अर्घाखाँची जिल्लाका सेक्रेटरी खेम घर्ती कपिलबस्तु जिल्ला सेक्रेटरी कमल केसीले संयुक्त रुपमा भेटघाटमा चन्दले अर्घाखाँचीको चुरे दोहन प्रति हामी गम्भीर रहेको बताउनु भएको हो ।   
भेटघाटमा अर्घाखाँची जिल्लाको समसायमिक विषयमा जानकारी गराइएको थियो ।  
 
भेटमा महासचिब विप्लबले प्रकृतिबाट निशुल्क उपहारको रुपमा भएका प्राकृतिक सम्पदा चुरे दोेहन चुनढुङगा काठको अबैध रुपमा चोरी निकासी गर्नु जनतालाई सिहदबारको अधिकारको नाम  स्थानीय तहमा  विकास निर्माणमा भएको अनियमितता प्रति चासो प्रकट गदै सबै सचेत नागरिक गम्भीर हुनुपर्ने बताउनु भयो । 
यस्तै आफ्नो पार्टी जनताको जनजिविका , राष्ट्रियता जनतन्त्रको सबालमा ढृण रहेकोले जिल्ला बासीका समस्याप्रति गम्भीर रहेको बताउदै प्रकृतिका समस्या र स्थानीय सरकार समस्याप्रति राज्यले गम्भीर कदम नचाले आफ्नो पार्टीले कठोर कदम चाल्न बाध्य हुने बताउदै पछिल्लो समयमा जिल्लामा लोडसेडिङ्ग भुक्त धोषणा भयो भनेर  भाषण बाजी बक्तब्य बाजी गदै हिड्ने नेताले अझै पनि जनतालाई अध्यारोमा राख्नु दुखद भएकोले आफ्नो पार्टीको यसमा गम्भीर ध्यानआकर्षण बताउनु भयो । 
भेटमा विप्लबले देशमा कोरोेना र प्राकृतिक विपत्ति पहिरो बाढीले जनतालाई प्रत्यक्ष रुपमा असर गरेतापनि बर्तमान सरकारले कुनै ठोस निकाश निकाल्न नसक्दा जनताको जीवनस्तर कठिनाई पुर्ण भएको बताउनुभएको थियो ।