नबिन के.सी
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्कमा जिल्ला व्याट्मिन्टन संघ अर्घाखाँचीको लुम्बिनी प्रदेशका आन्तरीक मामिला तथा कानुन मन्त्री चेतनारायण आचार्यको भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।
जिल्ला व्याट्मिन्टन संघ अर्घाखाँची आयोजना गरेको उक्त कार्यक्रममा बोल्दै राष्ट्रलाई चिनाउने माध्यम खेल जगत भएकोले यस क्षेत्रको बिकाशका लागी प्रदेश सरकार निरन्तर लागी रहेको मन्त्री आचार्यले बताउनु भयो । आचार्यले खेल क्षेत्रको बिकाशका लागी सक्दो प्रयास गर्ने प्रतिबद्धता जनाउनु भयो ।
‘तपाईहरुले दिएको जिम्मेबारी अनुसार आज यस स्थानमा पुगेको छु । जिल्लाको सम्रग बिकाश गर्नको लागी रात दिन दिलो ज्यान दिएर लागेका छौ । तपाईहरुको बिश्वासलाई निरासामा परिणत गर्ने छैन । ’
अर्घाखाँची जिल्लामा प्रदेश सरकारको लगानिमा सबै स्थानीय तहहरुमा खेल मैदान निर्माणको लागी बजेट बिनियोजन भए पनि काम कस्तो भएको छ भन्ने बिषयमा खेलप्रेमिहरुले चासो र निर्माण व्यबसायीहरुलाई सुझाब दिन आग्रह गर्दछु । ‘बिनियोजीत बजेटबाट कस्तो काम भएको छ । रेख देख गर्ने र फिल्डमानै पुगेर सुझाब दिनुहुन अनुरोध गर्दछु ।
बजेट बिनियोजन गर्न अत्यान्तै गाह्रो छ तर बिनियोजन भएको बजेटबाट सोचे अनुसार काम नहुदाँ मन दुखःछ । ’ अर्घाखाँचीबाट समेत राष्ट्रिय र अन्तराष्ट्रिय स्तरमा पहिचान बनाउने गरि केही खेलाडि उत्पादन भएकोमा खेल क्षेत्र संग सम्बद्ध संघ संस्थाहरुलाई आचार्यले धन्यबाद ज्ञापन गर्नु भयो ।
सामुदायीक कर्बडहलका उपाध्यक्ष कृष्ण भुसालले अन्य बिकाश निर्माणमा जस्तै खेल क्षेत्रको बिकाशमा समेत ध्यान दिन आग्रह गर्नु भयो । ‘खेल क्षेत्रको बिकाशको लागी पूर्बधार निर्माण लगाएतमा काम गर्न सक्ने हो भने राम्रा खेलाडि उत्पादन गर्न सक्निछ । मानिसलाई स्वास्थ्य बनाउनको लागी खेल अनिबार्य आव्यसकता रहेको छ ।
निर्बाचित जनप्रतिनिधीहरुले यस तर्फ ध्यान दिन जरुरी छ ’ । जिल्लामा सामुदायीक कर्बडहल निर्माणको लागी पहल गरेकोमा जिल्ला व्याटमिन्टन संघका अध्यक्ष ज्ञानेन्द्र घिमिरेले धन्याबाद ज्ञापन गर्दै आगामि दिनमा समेत खेल क्षेत्रमा बजेट बिनियोजन गर्न आग्रह गर्नु भएको थियो । जिल्लामा बिकाश निर्माणको लागी पहल गरि सम्बृद्ध अर्घाखाँची बनाउने अभियानमा सबैको साथ र सहयोग रहने खेलाडि बिष्णुपरियारले बताउनु भयो ।