अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्क लगायतका क्षेत्रमा नम्बर प्लेट नराखी सवारी साधन चलाऊने चालकलाई प्रहरीले कारबाही अभियान चलाएको छ ।
जिल्लाको सन्धिखर्क लगायतका ठाउँमा जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीले नम्बर पिलेट नराखी सवारी साधन चलाऊने तथा स्पष्ट नम्बर नराख्ने चालकलाई प्रहरीले कारबाही अभियान चलाएको हो ।
प्रहरीले शनिबार सन्धिखर्कमा बिभिन्न सवारी साधन चेकजाँचको क्रममा नम्बर पिलेट नराखी तथा स्पष्ट नम्बर नभएका सवारी साधनहरुलाई नियन्त्रणमा लिई नम्बर राखेर मात्र सवारी साधन चलाउन भनि सम्झाई बुझाई गरेको थियो ।