अर्घाखाँचीमा कोरोना र प्राकृतिक विपत्तिबाट मृत्यु भएका परिवारलाई जनही १ लाख दिईने


अशोक खनाल 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा जिल्ला बिपद ब्याबस्थापन समितिको बैठक विभिन्न निर्णय गर्दै सम्पन्न भएको छ।
लुम्बिनी प्रदेश का आन्तरिक मामिला तथा कानुन मन्त्री  चेतनारायण आचार्यको प्रमुख आतिथ्यतामा सप्पन्न बैठकमा राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि तीन वटा स्थानीय तहका प्रमुखहरु, जिल्ला स्थित शुरक्षा निकायका प्रमुख ,सरोकारवाला कार्यलयका प्रमुख ,रेड्क्रस का सभापति तथा संचारकर्मीहरुको उपस्थित रहेको थियो ।
बैठकमा  आन्तरिक मामिला तथा कानुन मन्त्री चेतनारायण आचार्यले जिल्ला स्थित स्थानीय निकाय सरोकार वाला कार्यलय तथा शुरक्षा निकाय लाई निर्देशन दिदै जिल्ला का स्थानीय तह हरुले स्थानीय तहमै बिपद ब्याबस्थापन समिति लाई क्रियासिल नबनाए सम्म बिपदमा परेका हरुले न्याय नपाउने भन्दै स्थानीय तह हरुलाइ थप क्रियासिल बन्न र जो जहाँ बिपदमा परेको त्यस्को सिफारिस तुरुन्तै गरि हाल्न समेत अनुरोध गरेका छन्  
मन्त्री आचार्यले कोबिड १९ को संक्रमण लगायतका प्राकृतिक विपत्तिबाट मृत्यु बरण भएकाहरुलाई जनही १ लाखका दर  उपलब्ध गराइएको भन्दै आ-आफ्नो वडा तथा पालिकाहरुको सिफारिस बनाइ जिल्ला बिपद ब्यबस्थापन समिति मा पेश गर्न समेत अनुरोध गरेका छन् । 
मन्त्री आचार्यले बिपद जुनै बेला पनि हुन सक्ने भन्दै जिल्लाका ६१ वटै वडा हरु लाई २५ हजार बराबरका बिपद सामाग्रीहरु किनेर राख्न  समेत निर्देशन दिएका थिए । उनले जिल्लामा अहिले कहि पनि खानेपानी समस्याबाट बन्चित नभएको भन्दै त्यस्तो कहिँ भए तुरुन्तै हल गरिने प्रतिबद्धता समेत ब्यक्त गरेका थिए । 
उनले बर्षातको कारण जिल्लाका कुनै पनि सडक अबरुद्ध भए सम्बन्धि कार्यालयले तुरुन्तै खोल्न पहल गर्नु पर्ने भन्दै कुनै पनि ठेकेदार तथा निर्माण कम्पनीको कारण जनता लाई सास्ती भएमा कुनै पनि हालतमा छट नहुने भन्दै , पुन स्थानीय तह हरु तथा राजनैतिक दलका नेता हरु लाई आपसमा सहकार्य र सहमति गरि बिपदमा परेका हरुको लागि आ आफ्नो ठाउँबाट सहयोग गर्न समेत अनुरोध गरेका थिए ।