अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नं.१ टुडिखेल र शान्तीबगैचा, शितगंगा नगरपालिका वार्ड नं.३ शिवालय मन्दिर परिसर र सन्धिखर्क नगरपालिका वार्ड नं. ६ नरपानी बजार, पाणिनी गाउँपालिका वार्ड नं.२ पोखराथोकमा प्रहरीले सरसफाई कार्यक्रम सम्पन्न गरेको छ ।
सन्धिखर्कको टुडिखेल र शान्तीबगैचा तथा नरपानी बजार, ठाडाको शिवालय मन्दिर परिसर र पोखराथोक लगायतका १५ सार्वजनिक स्थानहरुमा प्रहरीले शनिबार सरसफाई कार्यक्रम सम्पन्न गरेको हो ।
जिल्ला प्रहरी कार्यालय अर्घाखाँची तथा मातहत प्रहरी ईकाईहरुको आयोजनामा “समुदाय-प्रहरी साझेदारी कार्यक्रम” अन्तर्गत नेपाल प्रहरी, नागरिक समाज, स्थानियबासी, समाजसेवी, स्थानिय क्लवमा आवद्ध व्यक्तिहरुहरुको उपस्थितीमा सरसफाई कार्यक्रम सम्पन्न गरेको प्रहरीले बताएको छ ।