धातिवाङ्गमा २० दलित समुदायका घरपरिवारलाई बाेयर बाख्रा वितरण


घनश्याम पाैडेल हिन्दू खबर
धातिवाङ, अर्घाखाँची (अर्घाखाँचीडट्कम) ।  अर्घाखाँची जिल्लाकाे पाणिनी गाउँपालिका वार्ड नं. ६ धातिवाङ्गमा बाेयर बाख्रा वितरण गरिएकाे छ ।
वार्ड नं. ६ धातिवाङ्गमा दलित लक्षित कार्यक्रम अन्तर्गत २० दलित समुदायका घरपरिवारलाई ९० प्रतिशत अनुदानमा बाख्रा वितरण गरिएको हाे ।
वार्डले दिएकाे अनुदानबाट समृद्ध बन्नका लागि टेवा पुग्छ कि भन्ने उद्वेश्यले उन्नत जातका बाेयर बाख्रा वितरण गरिएकाे वडा अध्यक्ष शुभबहादुर सारूले बताउँनुभयाे । सबै घरधुरीलाई १/१ वटा पाठि वितरण गरिएकाे हाे ।
साथमा १ घरपरिवारलाई बाेका र साविक वार्ड नं. ७ मा रहेकेा एउटा समुहलाई ४ वटा पाठि पनि वितरण गरिएकाे छ ।
बाख्रा वितरणमा वार्ड सदस्य पुनाराम पाैडेल, खगिश्वर पाैडेल, वडा सचिव गिता वाग्ले लगाएतकाे उपस्थिती रहेकाे थियाे।

अन्य समाचारहरु