सन्धिखर्कमा नेपाल तरुण दल जिल्ला कार्य समितिको सचिवालय बैठक सम्पन्न


लिलामणि पाेख्रेल   
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क स्थित विपि स्मृति भवनमा  नेपाल तरुण दल जिल्ला कार्य समितिको अर्घाखाँचीको सचिवालय बैठक सम्पन्न भएको छ ।  
नेपाली कांग्रेसको  १४ औ  महाधिवेशन केन्द्रित तरुण दलको पुर्व तयारीको संगै तमाम प्रस्तावहरु माथी व्यापक छलफल गरि महत्त्वपूर्ण निर्णयहरु गरेको छ। 
नेपाली कांग्रेसका  जिल्ला पु सभापति  विष्णु प्रसाद खनाल ( मुस्कान)  र शितगङ्गा नगरपालिकाका मेयर  सुर्य प्रसाद अधिकारी  समेतकाे उपस्थिति रहेको थियोे । नेपाल तरुण दलको जिल्ला सहसचिवमा  अर्जुन पोखरेल सङ्घर्ष लाइ मनोनीत गरेको छ ।  नेपाली कांग्रेस तरुण विभागको लुम्बिनी प्रदेश सदस्यमा मनाेनित जमसेर मियालाई सम्मान गरिएको छ । बैठक जिल्ला अध्यक्ष नारायण खड्काकाे अध्यक्षतामा सम्पन्न भएको थियो ।