दिपेन्द्र पौडेल | अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा नेपाल पत्रकार महासंघ अर्घाखाँचीकाे आयाेजना र सन्धिखर्क नगरपालिकाकाे समन्वयमा पत्रकारिता प्रवर्द्धनात्मक तथा पत्रकारकाे क्षमता विकास सम्बन्धी पाँच दिने तालिम शुरु भएको छ ।
पत्रकारिता प्रवर्द्धनात्मक तथा पत्रकारकाे क्षमता विकास सम्बन्धी सन्धिखर्कमा पाँच दिने तालिम आज आईतबारबाट सुरुवात भएको हो ।
कार्यक्रमको उद्घाटन सन्धिखर्क नगरपालिका उपप्रमुख ठाकुर कुमार बिकले उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा सन्धिखर्क नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अर्याल, नेपाल रेडक्रस सोसाइटी अर्घाखाँचीका सभापति कुशल भुसाल, अर्घाखाँची डटकम का सम्पादक सन्तोष के.सी, नेपाल पत्रकार महासंघका केन्द्रीय पार्षद सदस्य सुर्य प्रसाद भुसाल , नेपाल पत्रकार महासंघका लुम्बिनी प्रदेश सदस्य प्रेम नारायण आचार्य, नेपाल पत्रकार महासंघ अर्घाखाँचीका पुर्व अध्यक्ष निम बहादुर रिजाल तथा नेपाल पत्रकार महासंघ अर्घाखाँचीका सम्पुर्ण सदस्यहरुको उपस्थिति रहेको थियो ।
यस्तै तालिममा प्रशिक्षार्थीहरले पत्रकारिताका आचार सहिता, समाचार कसरी लेख्ने, रेडियो कार्यक्रम सञ्चालन कसरी गर्ने जस्ता कुरा सिक्ने छन् ।