अर्घाखाँचीडट्कम संवाददाता
खनदह, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिका कोरोना मुक्त नजिक पुगेको छ । यस पालिकामा आज सक्रिय कोरोना संक्रमितको संख्या ५ जना रहेको छ ।
साथै अर्घाखाँचीडट्कमको दैनिक उप्डेट विवरण अनुसार यस अघि पनि मालारानी गाउँपालिकामा अन्य पालिकाको तुलनामा कम संक्रमित थपिएको देखिन्छ । यहाँ गत वर्षदेखि आजसम्म संक्रमितको संख्या २४० जना रहेको छ ।
यस्तै गएको २४ घण्टामा १३ जनाले कोरोना जितेका छन् । जस अनुसार यस पालिकामा गत वर्षदेखि आजसम्म २२४ जनाले कोरोना जितेका छन् । भने ११ जनाको निधन भएको छ ।
मालारानी गाउँपालिकाको कोरोना अस्पताल
आईतबार जिल्लाको कोरोना विवरण:
जिल्लामा आजसम्म सक्रिय कोरोना संक्रमितको संख्या १७७ जना पुगेको छ । जसमा सन्धिखर्क नगरपालिकामा ६७ जना, भूमिकास्थान नगरपालिकामा ३६, शितगंगा नगरपालिकामा १५, मालारानी गाउँपालिकामा ५, पाणिनी गाउँपालिकामा २५ र छत्रदेव गाउँपालिकामा २९ जना संक्रमित रहेका छन् ।
जिल्लामा गत वर्षदेखि आजसम्म संक्रमितको संख्या २६१८ जना पुगेको छ । जसमा सन्धिखर्क नगरपालिकामा ११०९ जना, भूमिकास्थान नगरपालिकामा ४८७ जना, शितगंगा नगरपालिकामा ३२७ जना, मालारानी गाउँपालिकामा २४० जना, पाणिनी गाउँपालिकामा २१० जना र छत्रदेव गाउँपालिकामा २४५ जना संक्रमित रहेका छन् ।
गएको २४ घण्टामा ४० जनाले कोरोना जितेका छन् । जिल्लामा गत वर्षदेखि आजसम्म २३७३ जनाले कोरोना जितेका छन् । जसमा सन्धिखर्क नगरपालिकामा १०२२ जना, भूमिकास्थान नगरपालिकामा ४३६ जना, शितगंगा नगरपालिकामा ३०१ जना, मालारानी गाउँपालिकामा २२४ जना, पाणिनी गाउँपालिकामा १७७ जना र छत्रदेव गाउँपालिकामा २१३ जनाले कोरोनालाई जितेका हुन् ।
यस्तै जिल्ला प्रशासन कार्यालयका अनुसार काेराेना संक्रमणका कारण जिल्लामा गतवर्षदेखि हालसम्म ६८ जनाको ज्यान गएको छ । जसमा सन्धिखर्क नगरपालिकामा २० जना, भूमिकास्थान नगरपालिकामा १५, शितगंगा नगरपालिकामा १ जना आत्महत्या सहित ११, मालारानी गाउँपालिकामा ११, पाणिनी गाउँपालिकामा ८ र छत्रदेव गाउँपालिकामा ३ जना संक्रमित रहेका छन् ।