सिद्धाराका दुर्गम गाउँमा निशुल्क सोलार वितरण कार्यक्रम सम्पन्न, स्थानियबासिन्दा खुशी (फोटो सहित)


अर्घाखाँचीडट्कम संवाददाता 
सिद्धारा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको शितगंगा नगरपालिका वार्ड नम्बर ११ सिद्धाराको बाेक्से गाइधाट चिउरिदमार बेलदमारमा निशुल्क सोलार वितरण कार्यक्रम सम्पन्न भएको छ । 
सिद्धाराको बाेक्से गाइधाट चिउरिदमार बेलदमारका दुर्गम भेगका परिवारलाई निःशुल्क ६५ सेट सोलार वितरण गरिएको हो ।
८० वाटका  ६५ सेट साेलर एक कार्यक्रमका बीच वडाअध्यक्ष कपिल आलेले विद्युत् सेवाको पहुँचबाहिर रहेका परिवारलाई हस्तान्तरण गर्नु भएको थियो । 
यहाँका दुर्गम भेगका गाउँमा उज्यालो बनाउने उद्देश्यले निःशुल्क रुपमा सोलार वितरण गरिएको वार्ड कार्यालयको भनाई रहेको छ । 
निःशुल्क सोलार सेट पाएका दुर्गम गाउँका बासिन्दा खुशी भएका छन् । वर्षौदेखि अँध्यारोमा रात बिताउँदै आएकोमा पहिलो पल्ट घर नै झिलिमिली हुने निकै खुशी लागेको उनिहरुको भनाई छ । टुकीको भरमा गुजरा चलाउँदै आएका यहाँक बासिन्दाले सोलार सेट पाएपछि रातको समयमा घरायसी कामकाज गर्न र केटाकेटीलाई पढ्न सहयोग पुग्ने अपेक्षा गरेका छन् । 

अन्य समाचारहरु