कमला पोख्रेल
खाँचीकोट, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ७ खाँचीकोटमा भुगर्भ सिमेन्ट प्रालिले खानी प्रभावित क्षेत्रमा वृक्षारोपण गरेको छ ।
सिमेन्ट उत्पादनको लागि चुनढुंगा लैजाने क्षेत्रको वातावरण सन्तुलन कायम गर्न वृक्षारोपण गरिएको भुगर्भ सिमेन्ट प्रालिका सञ्चालक महेन्द्र रावलले बताए । खाँचीकोटको खानी प्रभावित क्षेत्रमा उत्तिस, दालचीनी , टिमुर, पैयु लगायतका ७ सय ५० विरुवा रोपिएको हो ।
सिमेन्ट कम्पनीले प्रत्येक बर्ष खानी प्रभावित क्षेत्रमा वातावरण सन्तुलन कायम गर्न वृक्षारोपण गर्दै आएको छ ।
सन्धिखर्क नगरपालिका वडा नम्बर ७ का वडा अध्यक्ष प्रितम वहादुर थापाको उपस्थितिमा वृक्षारोपण गरिएको कम्पनीका सञ्चालक रावलले बताए । खाँचीकोटको चुनढुंगा लगी कम्पनीले कपिलवस्तुको चन्द्रौटामा सिमेन्ट उत्पादन गर्दै आएको छ ।