अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा निषेधाज्ञाको मौका छोपी यातायात व्यवसायीले यात्रुसँग चर्को भाडा असुल्न थालेका छन् ।
जिल्लाका सन्धिखर्क नगरपालिकामा, भूमिकास्थान नगरपालिका, शितगंगा नगरपालिका, मालारानी गाउँपालिका, पाणिनी गाउँपालिका, र छत्रदेव गाउँपालिकामा चल्ने सवारीसाधनहरूले चर्को भाडा असुल्न थालेका हुन् ।
टिका दर्लामीका अनुसार आईतबार सन्धिखर्कदेखि पकले हुँदै धारापानी जाने यात्रु बाह्क लु १ ज १२३९ नम्बरको जीपले क्षमता भन्दा बढी यात्रुहरु राखी चर्को भाडा असुलेको थियो । सामान्यतय सन्धिखर्कदेखि पकलेलाई ६० रुपैया भाडा पर्नेमा १०० रुपैयाको दरले भाडा उठाईको छ ।
उता जिल्लाभर निषेधाज्ञाको कारणले आर्थिक संकट परेका स्थानियबासीलाई जथाभावी भाडा लिन थालेपनि स्थानीय प्रशासनले कुनै पनि कारबाही नगरेको गुनासो रहेको छ ।