अर्घाखाँचीमा भोली असार २२ सम्म जारी निषेधाज्ञा आठौ पटक फेरि थपिदै


अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा भोली असार २२ गतेसम्म जारी निषेधाज्ञा आठौ पटक पुन: निषेधाज्ञा थपिने भएको छ। 
डिसिसिएमसी अर्घाखाँचीको  बैठकले आठौ पटक पुन: एक साता निषेधाज्ञा थप्ने तयारी गरेको हो ।  भने सार्वजनिक सवारी साधन मापदण्ड बनाएर जिल्ला बाहिर पनि चल्न दिने गरी निषेधाज्ञा खुकुलो बनाइने बताइएको छ । भने विधालयका परिक्षाहरु पनि संचालन गर्न दिने बताइएको छ ।   
यस अगाडि स्वास्थ्य मापदण्ड पालना गरेर सुन, भाँडाकुडा, अटो मोबाइल्स, खेलकुद सामग्री, कपडा, जुत्ता, साडी, कस्मेटिक्स, फेन्सी, टेलरिङ, गिफ्ट, विद्युतीय सामग्रीका पसलहरु सबै साँझ ६ बजेसम्म खोल्न दिईएको थियो ।
यस्तै बैंक तथा वित्तीय संस्थाहरु, खाद्यवस्तु, तरकारी, फलफूल, पानी, दूध तथा दूधजन्य पदार्थ, औषधि र स्वास्थ्य सेवासँग सम्बन्धित पसल र व्यवसाय लगायत खोल्न दिएको थियो । 
यस्तै विद्यालय, क्याम्पस, शैक्षिक संस्था, सार्वजनिक यातायात, सभा/गोष्ठी/सम्मेलन, मठमन्दिर, पार्टी प्यालेसलगायत भीडभाडजन्य क्षेत्रमा रहेको निषेधाज्ञालाई कायम राखिने छ ।   
 जिल्लामा कोरोना संक्रमितको संख्या दिनप्रतिदिन घटेको छ । 
गत वैशाख २१ गते मंगलवारदेखि जारी निषेधाज्ञाका कारण जिल्लाको जनजीवन अत्यन्त कष्टकर भएको छ । कोरोना भाइरसका कारण बन्दाबन्दी र निषेधाज्ञाका कारण ज्याला मजदुरी गर्ने मानिस माथि नराम्रो असर परेको देखिन्छ ।