अर्घाखाँचीडट्कम संवाददाता
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सदरमुकाम सन्धिखर्कमा नयाँ जिल्ला प्रहरी कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक अमर बहादुर थापा क्षेत्रीसँग राजनीतिक दलका प्रमुख तथा प्रतिनिधीहरुसँग परिचयात्मक, भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।
प्रहरी नायव उपरीक्षक अमर बहादुर थापा क्षेत्रीसँग जिल्ला प्रहरी कार्यालयमा सोमबार जिल्लाका क्रियाशिल राजनीतिक दलका प्रमुख तथा प्रतिनिधीहरुसँग परिचयात्मक, भेटघाट भएको हो ।
भेटघाट कार्यक्रममा जिल्ला स्थित शान्ति सुरक्षा, सु-व्यवस्था, प्राकृतिक प्रकोपबाट हुन सक्ने जोखिम न्यूनीकरणको अवस्था साथै सामाजिक विकृती विसंगती तथा आपराधिक क्रियाकलाप लगायत विविध विषयमा छलफल तथा अन्तक्रिया भएको थियो ।