अनिल नेपाली
ठाडा, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको ठाडाको डमरु दहमा निर्माण भइरहेको कामको शीतगंगा नगर प्रमुख सुर्य प्रसाद अधिकारीले अनुगमन गर्दै नमुना काम गरेर प्रर्यटक आकर्षण बढाउने बताएका छन ।
ठाडामा रहेको अर्घाखाँचीको प्रशिद्ध प्रर्यटकिय क्षेत्र डमरु दहमा स्थानिय सरकार तथा प्रदेश सरकारको नजर परेको छ ।
हरेका बर्ष ओझेलमा पर्ने समाचार आइ रहने दमरु दहमा अहिले करिव १ करोड बराबरको काम भइरहेको छ । गत बर्ष करिव ४० लाख बजेट काम नगरि भुसाल कन्ट्रक्सनले फ्रिज गराइ दिए पछि अलपत्र रहेको उत्त योजनामा अहिले काम भइ रहेको छ ।
अहिले ५० लाखको प्रदेश योजनाको सडकमा बल्क निमाण तथा नाली निर्माणको कामभइ रहेको छ ।चुरे संरक्षण अन्र्तरगतको बजेटमा करिव २० लाख बराबरको काम स्थानिय उपभोक्त्ता समिति मार्फत काम करिव सम्पन्न भइसकेको छ ।
उपभोत्ता समितिको अध्यक्ष नारायण अधिकारीले घर अगाडीको डमरु दह निकै ओझलमा परेकोले यो बर्ष आफ्नै निग्रानीमा काम गर्न लागेको जानकारी दिए ।
अहिले पर्खाल निमार्णको काम सकिसकेको र उत्त बजेट बाटै तोकिए भन्दा २० प्रतिशत काम बढी गर्ने योजनाका साथ काम भइ रहेको अधिकारीले बताए।