खाँचीकोटको फुदवाङमा १७ वर्षिया किशोरीलाई बलात्कार गर्ने अभियुक्त प्रहरीद्धारा सार्वजनिक


अर्घाखाँचीडट्कम संवाददाता 
फुदवाङ, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको सन्धिखर्क नगरपालिका वार्ड नम्बर ७ खाँचीकोटको फुदवाङमा एक  किशोरीलाई बलात्कार गरेको आरोपमा एक जना प्रकाउ परेका छन् । 
फुदवाङमा १७ वर्षिया किशोरीलाई खाँचीकोटको जबरजस्ती करणी गरि कुटपिट गरेको आरोपमा खाँचीकोटको लामडाँडाका २२ वर्षिय   रमेश नेपालीलाई प्रहरीले प्रकाउ गरेको हो । 
शनिबार साँझ ८ बजे उपल्लो फुदवाङ स्थित झाडी नजिकै टाउकोमा चोट सहित अचेत अवस्थामा किशोरीलाई फेला पारी तत्काल उद्धार गरी जिल्ला अस्पताल अर्घाखाँचीमा उपचारको लगेको प्रहरीले बतएको छ ।
घटनापछि नेपाली फरार रहेका थिए । उनलाई हिजो आईतबार बिहान खोजतलास गर्ने क्रममा घर नजिकको जङगल क्षेत्रबाट पक्राउ गरेको थियो । 
नेपालीलाई करणी सम्बन्धी कसुर अन्तर्गत मुद्धा दर्ता गरि अर्घाखाँची जिल्ला अदालतबाट दिन ५ (पाँच) म्याद थप गरि कानून बमोजिम थप अनुसन्धान भई रहेको प्रहरीले बताएको छ ।