प्रकाश प्युठानी
अड्गुरी, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको पाणिनी गाउँपालिका वार्ड नम्बर ७ अड्गुरीको झन्द्रेकका ७ वटा घरमा चोरी भएको छ ।
अड्गुरीको झन्द्रेकमा गएराती अज्ञात समुहले ७ वटा घरमा तोडफोड तथा चोरी गरेका हुन् ।
झन्द्रेकका बाबुलाल परियारको घरबाट दस हजार नगद र अनुमानित दुई लाखको गरगहना लगेका छन् । यस्तै लाल बहादुर माझीको पसलबाट तीन वटा मोबाइल र छ हजार नगत, साथै हुम बहदुर खत्रीको पसलबाट नगत रु दुई हजार लगेका छन् । भने बाँकी घरमा ताला तोडिएको छ।
अज्ञातलाई पाली प्रहरीले खोजी कार्यमा लाग्ने बताए यो घटनाले स्थानीयमा त्रास पुर्ण वातावरण बनेको छ।
उता गत वैशाख २१ गते मंगलवारदेखि जारी निषेधाज्ञाका कारण जिल्लाको जनजीवन अत्यन्त कष्टकर भएको छ । कोरोना भाइरसका कारण बन्दाबन्दी र निषेधाज्ञाका कारण ज्याला मजदुरी गर्ने मानिस माथि नराम्रो असर परेको देखिन्छ ।