अर्घाखाँचीमा आज सोमबार ४४ जनाले कोरोना जिते, ७ जना मात्र संक्रमित थपिए ( सम्पूर्ण विवरण सहित)


अर्घाखाँचीडट्कम संवाददाता 
सन्धिखर्क, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लामा पछिल्लो २४ घण्टामा थप ७ जना कोरोना संक्रमित थपिएका छन् ।
जिल्लामा आजसम्म सक्रिय कोरोना संक्रमितको संख्या १४० जना पुगेको छ । जसमा सन्धिखर्क नगरपालिकामा ६७ जना, भूमिकास्थान नगरपालिकामा २५,               शितगंगा नगरपालिकामा १२,              मालारानी गाउँपालिकामा ७,               पाणिनी गाउँपालिकामा २५            र छत्रदेव गाउँपालिकामा ४  जना संक्रमित रहेका छन् । 
जिल्लामा गत वर्षदेखि आजसम्म संक्रमितको संख्या २६२५  जना पुगेको छ । जसमा सन्धिखर्क नगरपालिकामा १११२  जना, भूमिकास्थान नगरपालिकामा ४८७ जना,     शितगंगा नगरपालिकामा ३२७ जना,       मालारानी गाउँपालिकामा २४३ जना,  पाणिनी गाउँपालिकामा २१० जना  र छत्रदेव गाउँपालिकामा २४६  जना संक्रमित रहेका छन् ।   
गएको २४ घण्टामा ४४ जनाले कोरोना जितेका छन् । जिल्लामा गत वर्षदेखि आजसम्म  २४१७ जनाले कोरोना जितेका छन् ।  जसमा सन्धिखर्क नगरपालिकामा १०२५ जना, भूमिकास्थान नगरपालिकामा ४४७ जना,  शितगंगा नगरपालिकामा ३०४ जना,   मालारानी गाउँपालिकामा २२५ जना,    पाणिनी गाउँपालिकामा १७७ जना   र छत्रदेव गाउँपालिकामा २३९ जनाले कोरोनालाई जितेका हुन् ।
यस्तै जिल्ला प्रशासन कार्यालयका अनुसार काेराेना संक्रमणका कारण जिल्लामा गतवर्षदेखि हालसम्म ६८ जनाको ज्यान गएको छ । जसमा सन्धिखर्क नगरपालिकामा २०  जना, भूमिकास्थान नगरपालिकामा १५,    शितगंगा नगरपालिकामा १ जना आत्महत्या सहित ११,    मालारानी गाउँपालिकामा ११,      पाणिनी गाउँपालिकामा ८   र छत्रदेव गाउँपालिकामा ३ जना संक्रमित रहेका छन् ।   

सोमबारको  कोरोना विवरण यस्तो छ: