छत्रदेव गाउँपालिका कोरोना मुक्त नजिक


अर्घाखाँचीडट्कम संवाददाता 
छत्रदेव, अर्घाखाँची (अर्घाखाँचीडट्कम) । अर्घाखाँची जिल्लाको छत्रदेव  गाउँपालिका कोरोना मुक्त नजिक पुगेको छ । यस पालिकामा आज सक्रिय कोरोना संक्रमितको संख्या ४ जना रहेको छ । 
साथै अर्घाखाँचीडट्कमको दैनिक उप्डेट विवरण अनुसार यस अघि पनि छत्रदेव  गाउँपालिकामा अन्य पालिकाको तुलनामा कम संक्रमित थपिएको देखिन्छ । यहाँ गत वर्षदेखि आजसम्म संक्रमितको संख्या २४६ जना रहेको छ । 
यस्तै गएको २४ घण्टामा २६ जनाले कोरोना जितेका छन् । जस अनुसार यस पालिकामा गत वर्षदेखि आजसम्म  २३९   जनाले कोरोना जितेका छन् । भने ३ जनाको निधन भएको छ । 
सोमबार जिल्लाको  कोरोना विवरण यस्तो छ:
जिल्लामा आजसम्म सक्रिय कोरोना संक्रमितको संख्या १४० जना पुगेको छ । जसमा सन्धिखर्क नगरपालिकामा ६७ जना, भूमिकास्थान नगरपालिकामा २५,               शितगंगा नगरपालिकामा १२,              मालारानी गाउँपालिकामा ७,               पाणिनी गाउँपालिकामा २५            र छत्रदेव गाउँपालिकामा ४  जना संक्रमित रहेका छन् । 

जिल्लामा गत वर्षदेखि आजसम्म संक्रमितको संख्या २६२५  जना पुगेको छ । जसमा सन्धिखर्क नगरपालिकामा १११२  जना, भूमिकास्थान नगरपालिकामा ४८७ जना,     शितगंगा नगरपालिकामा ३२७ जना,       मालारानी गाउँपालिकामा २४३ जना,  पाणिनी गाउँपालिकामा २१० जना  र छत्रदेव गाउँपालिकामा २४६  जना संक्रमित रहेका छन् ।   

गएको २४ घण्टामा ४४ जनाले कोरोना जितेका छन् । जिल्लामा गत वर्षदेखि आजसम्म  २४१७ जनाले कोरोना जितेका छन् ।  जसमा सन्धिखर्क नगरपालिकामा १०२५ जना, भूमिकास्थान नगरपालिकामा ४४७ जना,  शितगंगा नगरपालिकामा ३०४ जना,   मालारानी गाउँपालिकामा २२५ जना,    पाणिनी गाउँपालिकामा १७७ जना   र छत्रदेव गाउँपालिकामा २३९ जनाले कोरोनालाई जितेका हुन् ।

यस्तै जिल्ला प्रशासन कार्यालयका अनुसार काेराेना संक्रमणका कारण जिल्लामा गतवर्षदेखि हालसम्म ६८ जनाको ज्यान गएको छ । जसमा सन्धिखर्क नगरपालिकामा २०  जना, भूमिकास्थान नगरपालिकामा १५,    शितगंगा नगरपालिकामा १ जना आत्महत्या सहित ११,    मालारानी गाउँपालिकामा ११,      पाणिनी गाउँपालिकामा ८   र छत्रदेव गाउँपालिकामा ३ जना संक्रमित रहेका छन् ।   
सोमबारको  कोरोना विवरण यस्तो छ:

अन्य समाचारहरु